International Day of the Girl 2020

शुभकामना सन्देश

‘मेरो आवाज, हाम्रो समान भविष्य’ नाराका साथ हामी आउँदो ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउन गइरहेका छौं । यस अवसरमा म सम्पूर्ण बालिका, अभिभावक, शिक्षकशिक्षिका र बालिका अधिकारको क्षेत्रमा कार्यरत् सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
हामी सबैलाई थाहै छ, यतिबेला विश्व कोभिड—१९ महामारीमा छ । हाम्रो देशमा पनि यो महामारीको असर बढ्दो छ । छ सयभन्दा बढीको मृत्यु भइसकेको छ, एक लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

अन्य संकटमा जस्तै महामारीमा पनि कोही सबभन्दा बढी प्रभावित छन् भने ति बालिकाहरु हुन् । यस्ता बालिका जो देशका दुर्गम भेगमा बस्छन् । कमजोर आर्थिक अवस्था भएका यी बालिकामा न त स्वास्थ्य सुरक्षाबारे आवश्यक जानकारी छ न चेतना नै । दिनहुँ हातमुख जोर्न घरको काम पनि गर्नुपर्ने बालिकामा पर्याप्त पौष्टिक तत्वको कमी हुँदा जोखिमको अर्को कारण बनिरहेको छ ।

एकातर्फ महामारीको कारण विद्यालय बन्द हुँदा उनीहरुमा भविष्यप्रतिको चिन्ता बढेको छ भने अर्कातिर यही बेला उनीहरुमाथि हिंसा चुलिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी तथ्यांकले यो बेला बालिकाहरु उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

हाम्रो पालोकै अध्ययनमा पनि महामारीका बेला बालिकाहरुमा घरेलु हिंसा, बालविवाहजस्ता घटनामा वृद्धि भएको छ । महामारीबाट बँच्न सरकारले गरेको लकडाउन, सामाजिक दूरीका आदिका कारण चाहँदाचाहँदै पनि बालिकाको घर आगनमा पुग्न र अत्यावश्यक भौतिक र मनोसामाजिक परामर्शजस्ता सेवा र सहयोग उपलब्ध गराउन हामी असमर्थ बनिरहेका छौं । तर, सक्दो कोशिश भने जारी राखेका छौं ।

नेपाल सरकारले ३० वर्षअघि नै संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धि महासन्धी, १९८९ मा हस्ताक्षर गरिसकेको छ । त्यतिमात्र होइन, संविधानमै बालबालिकाको हकलाई मौलिक हकमा समावेश पनि गरिसकेको छ ।

त्यसैले महामारीको यस विषम परिस्थितीमा हामी सरकारलाई आफ्ना यी प्रतिबद्धता गम्भीरतापूर्वक कार्यान्वयन गर्न ध्यानाकर्षण गराउन चाहान्छौं । साथै बालबालिकाका क्षेत्रमा कार्यरत् सबै निकाय, स्थानीय सरकार, सरोकारवाला संघसंस्था, महानुभाव सबैलाई यस विपत्को घडीमा बालिकाहरुलाई हरप्रकारले सुरक्षित राख्न आग्रह पनि गर्दछौं ।

यी सबै कार्यमा हाम्रो पालो तपाईहरुको साथमा साथ मिलाउन प्रतिबद्ध रहेको विश्वास दिलाउँदै फेरि पनि बालिका दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

Message for International Day of Girl
With the slogan ‘My Voice, Our Equal Future’, we are going to celebrate International Day of the Girls on October 11. On this occasion, I would like to express my best wishes to all the girls, parents, teachers, and everyone working in the field of girls’ rights.

As we know, at this time, the world is in the COVID-19 pandemic. The impact of this pandemic is also increasing in our country. More than 600 have died, and 100,000 have been infected.
Like any other crisis, in this situation also girls are affected the most. Girls from rural areas are in poor financial condition, as many families have lost their jobs. They don’t have the access to information about preventive measures and health care. They also lack adequate nutrition and have to do household chores 24*7. This situation is again putting girls at risk.
Moreover, the shutdown of schools and educational institutes has increased their distress about the future. Similarly, violence against girls and women has increased. Various government and non-government data have revealed that girls are at high risk at this time of the pandemic.

According to our study, there has been an increase in incidents of domestic violence and child marriage among girls during the pandemic. Although we are doing our best, due to the lockdown, social distance, etc., it is difficult to reach the girls who are in need of essential services and psychosocial counseling.

The Government of Nepal has already signed the United Nations Convention on the Rights of the Child, 1989, 30 years ago. Not only that, the right of children has been included in the constitution as a fundamental right. Therefore, in this difficult situation, we would like to draw the attention of the government to seriously implement these commitments. We also urge all the bodies working in the field of children, local government, concerned organizations, and dignitaries to keep the girls safe in every possible way in this time of adversity.
Assuring that we are committed to work with you in all these endeavors, I would like to express my best wishes to all on the occasion of International Day of the Girl.